१८ बर्ष अगाडी स्थापना भएको ग्रामीण विकास (Rural Development) तत्कालिन अवस्थामा ग्रामीण सवालहरुमा मात्र केन्द्रित भएर अध्ययन अध्यापन गराईनु आवश्यकता थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आएको पुनर्जागरणले ग्रामीण विकासको क्षेत्रको परिधि विस्तृत हुदै गएको र यस्तो परिवर्तन हुनु स्वभाविक देखिन्छ । यस समयवद्ध परिवर्तनको दौरानमा स्कूलतहबाट उच्चशिक्षासम्म पढाईने ग्रामीण विकास विषयको पाठ्यक्रममा परिवर्तन गरिएको छ । ग्रामीण विकासको पुरानो सिमित घेरालाई विस्तृत गराउदै विकास अध्ययन (Development Studies) को अन्तराष्ट्रिय प्रागिक अभ्यासलाई हालको परिमार्जित पाठ्यक्रमहरुले समेटेको छ । अव त्रिविमा भिन्नै विकास अध्ययन (Development Studies) केा स्थापनाको जरुरी नहुने देखिन्छ तर ग्रामीण विकाससंग आवद्ध मानवस्रोतको क्षमता विकास अध्ययनको क्षेत्रसंग तुलनात्मकरुपमा कमजोर छ । यिनिहरुको क्षमता वृद्धिको लागि हालको कोर्षमा आधारित पिएचडी अध्ययन गर्न अति जरुरी पर्दछ । कोर्षमा आधारित पिएचडी कार्यक्रमलाई समयसापेक्ष हरेक बर्ष परिमार्जित गरिदै आएको छ ।

यस बर्ष देखि विकास अध्ययनको मुख्य क्षेत्र सुशाषन र विकास लाई प्रथम सेमेष्टरमा भिन्नै पेपर Global Governance and Development अन्तरगत तयार गरि पाठ्यक्रम बनाएको र दोश्रो सेमेष्टरमा अनुसन्धात्मक विधि (Research Methodology) लाई अझ स्तरीय बनाउन परिमार्जित गरिदै छ ।

यस बर्षको एमए तहको प्रथम सेमेष्टरमा भर्नाको लागि आवेदन माग गरिसकेको हुदा ग्रामीण विषयको परिमार्जित पाठ्यक्रमको आधारभुत महत्वपुर्णपक्षको यहा छोटो चर्चा गरिएको छ । प्रथम सेमेष्टरकेा पहिलेा पेपरले Development Theories हरुलाई केन्द्रित गरेकेा छ र नेपालकेा ग्रामीण तथा विकाससंगको सैद्धान्तिकपक्षलाई विशेष जोड गरेको छ । देाश्रेा पेपरले Economic Theories हरु हालकेा परिवेशसंग मिल्ने र विश्लेषण गर्ने ज्ञान दिन्छ । अझ यस पेपरलाई परिमार्जित गरि आधुनिक अर्थशास्त्रको क्षेत्रसंग लिकेंज हुनु जरुरी छ जुन भविष्यमा गरिने छ । तेश्रेा पेपरले समाज विकासक्रमलाई कसरी बुझ्न सकिन्छ भन्ने मार्क्स, म्याक्स ओभवर देखि दुर्कह्याम र उत्तर आधुनिकता र विकाससम्मकेा ज्ञान दिन्छ । चैाथेा पेपरले स्थानीय सरकार र संविधान, संघियता र विकास पक्ष संग एकिकृत गरि नेपालकेा परिपेक्षमा ज्ञान दिन्छ । पाचैा पेपरले विकासका मापनहरु कसरी गर्ने सिकाउछ र तथाङ्क संकलन कसरी गर्नुका साथै विश्लेषण गर्न कम्युटर सफ्टवेर सिकाईने छ । ४० अंकको आन्तरिक मुल्यांकन यसैमा आधारित हुनेछ ।

देाश्रेा सेमेष्टरकेा छैाटेा पेपरले नेपालकेा सामुदायिक विकासलाई बुझ्न यस्केा एैतिहासिक विकासक्रम र यससंग संबन्धित मुख्य शैधान्तिक दृष्टिकेाण जस्तै ग्राम्स्कि र अन्य पछिल्ला विचारहरुलाई मन्थन गर्नेछ। नेपाल अझ पनि ग्रामीण उन्मुख छ किनकि ६० प्रतिशत भन्दा बढी ग्रामीणभेग छ तर घरपरिवारकेा दृष्टिकेाणले शहरमा ६० प्रतिशत भन्दा बढी वसेावास गर्छन तर यस्केा विशेषता ग्रामीण उन्मुख छ । यस्तेा अवस्थामा नीति निर्माणमा सातैा पेपरले विध्यार्थीहरुलाई ज्ञान दिन्छ । ग्रामीण र शहरकेा अन्तरसंबन्ध बुझ्नकेालागि आठैा पेपर निर्माण गरिएकेा छ । विकाससंग संबन्धित विशेषज्ञहरुकेा रुची येाजना निर्माणमा हुन्छ र समुदायकेा लागि तयार गरिने आयेाजनाकेा डिजाईन कसरी गर्ने भन्ने कुराकेा ज्ञान नवैा पेपरले दिन्छ । नेपाल अझपनि कृषिमा आधारित देश हेा यस्केा विकाससंग कस्तेा संबन्ध हुनुपर्छ र यस्का चुनैातीहरु जस्तै खाद्ध असुरक्षा आदि संग कसरी सामाना गर्ने भन्ने कुरा कृषिमा आधारित नीति येाजनाहरुसंग हुनेहुदा यस्केा अन्तरसंबन्धकेा ज्ञान दशैा पेपरले दिन्छ ।

तेश्रेा सेमेष्टरकेा पढाईहुने एघारैा पेपरले हालसम्मकेा नेपालकेा राजनीति अर्थशास्त्रकेा गहिरेा विश्लेषण सहितकेा ज्ञान दिनेछ । पर्यटन र विकासकेा अन्तरसंबन्धलाई बारैा पेपरले सैध्धान्तिक लेपन गर्नुका साथै नेपालमा पर्यटन विकासकेा संभाव्यताबारेमा गहिरेा विश्लेषण गर्नेछ । तेरैा पेपरले दिगेा विकासमा ग्रामीण क्षेत्रका जनताहरुकेा जीविका चलाउने विभिन्न उपाएहरुमा असर गर्ने जलवायु परिवर्तनलाई शुक्ष्मरुपमा अध्ययन गरि यसकेा असरहरुकेा बारेमा संयुक्त राष्ट्रसंघले अपनाएकेा प्रयासहरुलाई विद्ध्यार्थहरु वीच छलफल गर्नेछ । दुवै आन्तरिक तथा बाह्य बसाईसराईले ग्रामीण विकासकेा गतिलाई असर गर्ने हुदा चैाधैा पेपरले बसाईसराईकेा कारणबाट प्राप्त बिप्रषणले ल्याउने आर्थिक तथा सामाजिक परिवर्तनकेा अन्तरसंबन्धकेा ज्ञान दिनेछ । पन्ध्रैा पेपरले चैाथेा सेमेष्टरमा लेखिने थेसिसकेा लागि proposal तयार गर्नेछ जस्मा थेसिसमा उल्लेखित उदेश्यहरुलाई संवेाधन गर्नकेा लागि तथ्याकं संकलनमा गर्दा कस्ता विधिहरु उपयेागी हुनेछ भनि स्पष्ट ज्ञान दिनेछ ।

चैाथेा सेमेष्टरमा पढाईहुने तिन पेपरहरुमध्ये सेारैा पेपरले लिगं खास गरेर महिला र विकासकेा अन्तरसंबन्धका साथै यसकेा विकासक्रम र हालसम्म भएका उपलब्धिहरुकेा ज्ञानका साथै महिला र विकासकेा सैद्धान्तिक पक्षहरुलाई विभिन्न दृष्टिकेाणहरुबाट पढाईनेछ ।
सत्रैा पेपरले मानव संसाधन व्यवस्थापनकेा सैद्धान्तिक पक्षहरुका साथै यसका आवश्यक स्टेजहरुकेा विस्तृतमा छलफल गरिनेछ । नेपालकेा लेाक सेवा आयेागकेा कर्मचारी छनैाट संबन्धि निर्देशिकाबारेमा ज्ञान दिईनेछ । अठारैा पेपरलाई दुई विकल्प दिईएकेा छ । प्राकृतिक श्रेातकेा व्यवस्थापन वा उद्मी तथा विकास एक छान्नु पर्नेछ । प्राकृतिक श्रेातकेा व्यवस्थापनकेा सैद्धान्तिक पक्षहरुकेा विश्लेषण गर्दै यसका आवस्यक पुर्वाधारहरुकेा पनि चर्चा गरिनेछ । उद्मी तथा विकासकेा अन्तरसंबन्धकेा एैतिहासिक तथा सैद्धान्तिक पक्षहरुकेा जानकारी गराईनेछ र यस्केा Global Index केा लागि प्रयेाग हुने विधिहरु र संयुक्त सुचाकंहरुकेा निर्माण र यस्केा अन्तराष्ट्रीय तुलना गर्ने ज्ञान दिईनेछ । अन्नाइस पेपर थेसिस ६ क्रेडिटकेा हुनेछ र येा तेश्रेा सेमेष्टरमा पढाईने अनुसन्धान विधिमा तयार गरिएकेा proposal केा आधारमा लेखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *